नमस्कार!!

 सर्वप्रथम त म यहाँहरु सँग माफी चाहान्छु किन भने हाल म मेरो आफ्नै कामको व्यस्तताले गर्दा खेरी यहाँहरु समक्ष्य नयाँ सामाग्री प्रस्तुत् गर्न सकिन । तर यहाँहरु सँग म वाचा गर्दछु कि केहि समय पछि पुन: यसलाई निरन्तरता दिनेछु । धन्यवाद!!!purbeli

yaad garnuhos bipanaako yahi baishakh 6 gate indian sanga bihe hudai chha.

आजभोलि नेपाली कलाकारहरुले विदेशी सँग विवाह गर्ने लहर जस्तै नै चलेको छ । हुन त यो चलन पुरानै हो । यो भन्दा केहि महिना अगाडी झर्ना बज्राचार्यले गोरे भेना सँग विवाह गरेकि थिइन । अब पालो आएछ विपना थापाको । एक ताकाको चर्चित नायिकाको रुपमा स्थापित विपना थापाले ३० वर्षको उमेरमा विदेशी (इन्डियन)  नागरिक डा: आशुतोष भारद्वाज सँग यहि आउदो वैशाख ६ गते विहे गर्ने भा छ रे । विवाह हिन्दु संस्कार अनुसार नै गर्ने रे तर कहाँ गर्ने भन्नेको चाही टुङ्गो लागेको छैन रे । मान्छेले विवाह एक न एक दिन त अवश्य गर्नु नै पर्छ । त्यहि भएर विपनाले भारतिय सँग भए पनि लगन गाँठो कस्दै छिन तर खुसिको कुरा उनले विवाह पछि पनि आफ्नो नाम, थर र देश नबदल्ने पक्षमा छिन रे । साभार

 prema maa dhoka khaya pachhi

भनिन्छ, यो संसारमा प्रेम बिना केहि पनि छैन र कुनै पनि प्रणी प्रेमबाट पृथक पनि छैन । प्रेमको व्याख्या गर्नेहरु यसै भन्दै प्रेमको महिमा गाउँने गर्दछ । अनि त मान्छेहरु प्रेममा अन्धो र पागल हुने गर्दछ । हुन पनि किन नहोस त जिवनको अर्को पाटो भन्नु नै प्रेम हो जहा सम्म मेरो बुझाई छ । हामीले सुन्ने अनि देख्ने गरेका छौं मान्छेले प्रेममा धोका खाँए पछि घटाएका थुप्रै खाले घट्नाहरु । यसरी प्रेममा धोका खाएर यस्तो खाले घट्ना घटाउनेमा प्राय: गरेर केटि नै हुने गर्दछ । प्रेमि नै मेरो सबथोक हो उ भए मलाई अरु केहि पनि चाहिन्न अनि सोच्छन् संसारमा म जतिको भग्यमानी अरु कोहि पनि छैन किन भने मलाई जति माया गर्ने दुँनियामा कसैको प्रेमि छैन । यस्तै खाले मानसिक्ता भएकोहरुले अग्रीम रुपमा आँफ्नो सर्वस्व नै सुम्पिने गर्दछ । अनि आफ्नो सर्वस्व हरण भैंसके पश्चात उनिहरु निन्द्राबाट बिउझिए झैं बिउझन्छन् । अझ धोका दियो भने त झन के-के गर्छन थाहा नै हुन्न । यस्तै खाले घट्नाको एक पात्र बनेकि छिन रुपन्देहीकी कृष्णा थापा । आँफुलाई प्रेमको नाटक गरि अनैतिक व्यवहार समेत गरेको भन्दै रोकेर राखेको तिनवटा गाँडीमा तोडफोड गरेकि थिइन । स्वास्थ्य परिक्षणको लागी अस्पताल लगेपछि पनि बिक्षिप्त देखिने कृष्णाले उक्त अस्पतालको झ्याँल समेत तोडफोड गरेकि थिइन । यसरी न्याउरी मारी पछुतो गर्नु भन्दा त बरु पहिले नै सोचबिचार पुर्‍याएको भए आज उसले यो दिन त भोग्नु पर्ने थिएन ।

यो कुनै बनाओटी र काल्पनिक हैन यो हो सत्य घट्ना। तै पनि तपाईलाई पत्यार लाग्ला या नलाग्ला बाख्राको गर्भमा मान्छेको बच्चा भेटियो भन्दा तर पत्याउनुहोस् या नपत्याउनुहोस् वास्तवमा यो घट्ना सत्य नै हो । आउनुहोस् हेरौं कुन ठाउँमा घटेको रहेछ त यस्तो खाले घट्ना…………..

नेपालको पश्चिम जिल्लाको कालीकाटार गाविस १ देवीडाँडाको एक कृषकको बाख्राको गर्भमा मान्छेको बच्चा भेटिएको थियो । आफुले पालेको बाख्राले बच्चा जन्माउन नसके पछि मरेको उक्त बाख्राको मासु खानको लागी बाख्राको पेट चिर्दा पेटभित्र एउटा पाठो र अर्को मान्छेको बच्चा फेला परेको थियो । उक्त मानव शिशुको तौल ६ किलोग्राम थियो तर शिशुको पनि मृत्यु भैं’सकेको थियो ।   साभार

भेरी नदी किनारमा मेला हेर्न करिब पाँच सय र्सवसाधारणले खचाखच झोलुंगे पुल खस्दा कम्तीमा १५ को मृत्यु भएको थियो।

jholunge pool

    हालसम्ममा….

- कम्तीमा १५ को मृत्यु

- ७० भन्दा बढी बेपत्ता

- ६० जनाको उद्धार

- ३२ उपचाररत

- करिब ३ सय जना लठ्ठा समातेर निस्किए

साभार कान्तिपुर

मानिसले कपडा किन किन्छन् र किन लगाउछन् ? इज्जतको लागी वा आ-आफ्नै उत्तर होला । इङल्यान्डको साउथ वेल्स स्थित “स्टोर २१ ” ले एउटा यस्तो अनौठो र नयाँ योजानाले आफ्नो पसलको उद्घाटन गर्‍यो कि जहा सम्म मान्छेले कपडा किन किन्छन् र लगाउछन् भन्ने परिभाषालाई नै परिवर्तन गर्ने प्रयास गरेको थियो । पसलको उक्त उद्घाटन समारोहमा जो क्रेताले कम भन्दा कम कपडा लगाएर आफुलाई चाहिने कपडा किन्न आउछ उसको लागी विशेष पुरस्कारको व्यवस्था गरिएको थियो । आफुलाई जतिसक्दो निर्वस्त्र तुल्यायो पसलेले छुटको राशिमा वृदि गर्दै जान्थ्यो। यहि छुटको होडमा एक गर्भवति महिला पनि पेन्टि र ब्रा मा मात्रै देखा परिन्। उनलाई त झन ५० पाउन्ड छुट समेत मिल्यो । अब हामीले पनि कपडा किन्दा खेरी सोच्नु पर्ने भो कस्तो खाले कपडा किन्नु पर्ने हो ?

 के तपाई विवाहित हुनुहुन्छ ? वा विवाह नै गर्नु भएको छैन ? यदि तपाईले विवाह गर्नु भएको छ भने केटाले केटी र केटीले केटा कति जना हेर्नुभयो ? एक,दुई,तिन,वा सो भन्दा बढि ? हदै भए पाँच सात जना हेर्नु भयो होला। तर तपाईलाई थाहा छ ? सर्वियाकी मिलुन्का डाबोभिचले कति जना केटा हेरिन् ? उनले १५० जना केटा हेरेकी थिइन् । उनको विवाह गरिदिनको लागी उनका बाबुआमाले उनि १४ वर्ष लागे देखी केटा खोज्न शुरु गरेका थिए तर मिलुन्का २४ वर्ष पुग्दा पनि बाबुआमाले खोजेको केटालाई आफ्नो जिवनसाथि बनाउन सकिनन् । उनको रोजाई अनुसार अग्लो,आकर्षक र कामदारी चाहिएको रे । के उनले रोजे जस्तै केटा पाउलिन् त ?

के तपाई पत्याउनु हुन्छ वर्ष भरिमा ६ दिन मात्रै पढाई भएको भनेर ? अह! तपाईलाई अवश्य पनि पत्यार लाग्दैन। किन भने वर्ष भरिमा कम्तिमा पनि १९० वा २०० दिन त अवश्य पनि पढाइ हुन्छ सबै बिदाहरु कटाएर पनि। तर के गर्ने हाम्रो नेपालको स्कुलको हालत नै यस्तै छ। यसको मार खेपिरहेको छ खाम्जिङ गाउँका मानिसले। २०४६ सालम स्थापना भएको उक्त विद्यालय ( नेपाल राष्ट्रीय प्रावि ) मा यस वर्ष जम्माजम्मी ६ दिन मात्रै पढाइ भएको थियो। उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइहुन्छ र सो विधालयका शिक्षक शिक्षिकामा तोयनाथ न्यौपाने, श्रीमती भारती नेपाल र श्रीमती कमला गुरागाई छन। यहाँ ति शिक्षक शिक्षिकाको अनुहार देखिन्न। उनिहरु पढाउनको लागी हैन तलव लिने बेलामा मात्रै त्यहाँ पुग्छन। धन्य प्रभु! कमला मिसले ६ दिन भए पनि पढाउन भ्याइछे ।

शिक्षा जस्तो गतिशिल कुरामा यस्तो खाले लापार्वाही किन ? यस्तो खाले गम्भिर कुरामा सम्बन्धित निकायको नजर किन जाँदैन ? के यति मात्रै हो त ति गाउँलेहरुले पाउनु पर्ने शिक्षा ? ति विद्यार्थीहरुको जिवनमाथि यसरी लापार्वाही गर्नु पाइन्छ त ?

के तपाई पत्याउनु हुन्छ बिरालोको पनि पखेटा आउछ भन्दा ? तपाईलाई यो कुरा पचाउन निकै गाह्रो होला । किन भने यो हुन नै नसक्ने कुरा हो । तर यहि असम्भव र अपत्यारीलो कुरालाई साबित गरिदिएको छ चिनको हुआसाङ न्युजले ।

purbeli

एउटी चिनियाँ महिलाले आफुले पालेको बिरालोको प्वाँख र पखेटा उम्रीएको दाबी गरेकि छिन् । उक्त बिरालोको ढाडमा दुई वटा चार इन्च लामो पखेटा उम्रीएको छ । “शुरुमा त अलि ठूलै टुटुल्को पो उठ्यो कि क्याहो भनेर म चिन्तित भएकी थिएँ, तर त्यो टुटुल्को उभिएर एक महिनाभित्रमा नै पखेटा जस्तो पो भयो !” फेङले भनुन । बिरालोको पखेटा पलाउनुमा केही बिरालीहरुले उसमाथि यौन शोषण गरेकाले पनि हो कि भन्ने आशंका व्यक्त गरिन् । भनिन्- “यो पखेटा पलाउनुभन्दा एक महिनाअघि केही बिरालीहरुले दिउँसो चरम गर्मीमा उसलाई ज्यादै सताए । त्यसपछि नै उसको पखेटा पलाउन थालेको हो ।” तर जनावरमाथि अध्ययन गर्नेहरुले चाहिँ ‘जिन’मा हुने केही फेरबदलका कारण यस्तो समस्या उब्जिने गरेको बताएका छन् । अब बिरालोले आफ्नो सामान्य जीवन बिताउन गाह्रो हुने बताएका छन्

१०६ वर्षमा विवाह ? हो सुन्दा आश्चार्य लाग्छ र आश्चार्य मान्नु स्वभाविक पनि । तर नेपाली उखान नै छ नि “तन बुढो भए पनि मन बुढो हुन्न” भन्ने। यहि उखानलाई चिनका दुई वृदाले चरितार्थ गरेका छन् । १०६ वर्षिय पान जिटाङ ले ८१ वर्षिया चेन आडी सँग दक्षिण पुर्वी सहर वेनझुमा लगनगाँठो कसेका थिए । ८ वर्ष अघि यी दुईको भेट पछि उनिहरु बिच मायाप्रीति बसेका थियो र पछि यो झाङगिदै गए पछि उनिहरु वैवाहिक बन्धनमा बाँधिएका थिए । उनिहरु दुवै विधवा र विदुर हुन् । उनिहरुले बाचा पनि गरेका छन कि बाचिन्जेल सम्म सँगै बस्ने भनेर ।

                                     विरेन्द्र शाहको गाँडेको ठाँउबाट निकालिएको मृत शरिर ।

purbeli

मान्छेले जोस मा होस गुमाउदा अनेक घट्ना दुर्घट्ना हुने गर्दछ । आफुले गरेको कु-कर्मको दोष पनि अर्कालाई नै लगाउने प्रयत्त्न गर्दछ । यहाँ पनि यस्तै खाले एउटा घट्ना भएको छ । बाटोमा हिडिरहेको एक महिलाई अपहरण गरि बलत्कार पछि थुनामा परे पछि उनले त्यो दोष माकुरालाई लगाएको छ । यसरी आफ्नो दोष माकुरालाई लगाउने व्यक्ति हुन् अस्ट्रेलियाका फिलिप स्पायर्स । उनि विगत ८ वर्ष देखि जेल जीवन विताइराखेको छ । उनले सन् १९९७ अपहरण पछि बलत्कार गरेका थिए । माकुराले टोकेको भाइरस रोग आफुले अपहरण र बलत्कारको दोषि भएको उनले अदालतमा बयान दिएका थिए । तर विशेषज्ञले माकुरामा त्यस्तो खाले घृणा र रिस पैदा गर्ने कुनै पनि  तत्त्व नभएको कुरा अदालतमा बताए । उनले भने माकुराको विषको प्रभवले अत्यधिक यौन चाहाना बढेको र अचानक आफ्नो अगाडी ति युवती निकै कामुक देखिए पछि उनले सो योजना तय गरेको अदालतमा वयान दिए । के साँच्चै नै उनले भने जस्तै माकुराको टोकाईबाट यस्तो हुन्छ त ?

purbeli

शुभ दिवालीको पावन अवसरमा समस्त नेपालीहरुमा सु-स्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवम् उत्तोर-उत्तोर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।  पुर्वेली

हुन त हामीले धेरै खाल्को समाचारहरु पढ्ने, सुन्ने अनि देख्ने गरेका छौ । कतिपय घट्ना अकल्पनिय र दर्दनाकमय पनि हुन्छ भने कतिपय हाँस्यात्मक पनि। त्यस्तै घट्ना यहाँ उदयपुरको त्रीयुगा स्थीत एक युवकले गरेको छ। कुखुराले अण्डा सानो पार्‍यो भनेर उनले आँफ्नै ३७ वर्षीय सहोदर भाउजुलाई रामधुलाई गरेछ । भाउजुलाई बोक्सीको आरोप लगाउदै र आँफ्नो कुखुरालाई पनि बोक्सी लागेर अण्डा सानो पारेको हो भनि उनले भाउजुलाई निल डाम हुने गरेर कुटेका थिए । हाल उनि मामाघर ( प्रहरी ) को मा सुरक्षित छ । के साँच्ची कै बोक्सी लागेर हो त उसको कुखुराले अण्डा सानो पारेको ?

यो तस्विर झारखण्डको गिरिडीहामा हमला हुदा मारीएको हो । यहाँ १८ जना मारिएको थियो भने अन्य ४ जन घाइते भएको थियो ।

purbeli

                                              शुभ कामना वडा दशैको  

                                             

तपाइलाई सुन्दा अचम्म लाग्छ होला यो पोखरीको बारेमा भन्दा तर अचम्म मान्नु पर्दैन किन भने यो पोखरीको बानी नै यस्तै छ । यस्ले प्रत्येक वर्ष एक न एक जना मान्छे खाने गर्दछ त्यो पनि एक्लो छोरो भएको मात्रै । यो मान्छे खाने पोखरी रहेको छ सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिरमुनी । यसैको अन्तिम शिकार बनेको छ नोबेल कलेजमा कक्षा १२ मा अध्ययनरत काठमाडौं मुलपानीका रोसन केसी । उनि गत भदौ २ गते सुन्दरीजल घुम्न गएका थिए र सोही  क्रममा पोखरी माथिको ढुंगामा बसेर तस्वीर खिच्न लाग्दा लाग्दै खसेर बेपत्त भएका थिए । उनको लास पनि फेला परिसक्यो । यहाँ प्राय गरेर फागुन देखि कात्तिक सम्ममा मानिस बेपत्ता हुने गरेको छ । यो भन्दा अगाडी २०६३ फागुनमा १७ वर्षको शम्भु श्रेष्टको पनि यसै पोखरीमा डुबेर मृत्यु भएको थियो । त्यस्तै २०६३ असारमा एक कर्मचारीको छोरा डुबेर बेपत्ता भएका थिए । उनि पनि एक मात्र छोरा थिए । एक पटक ३/४ युवाहरु यहाँ घुम्न आएका थिए र ति मध्ये एक जना बेपत्ता भए पछि उसलाई खोज्न भनेर अर्को ब्यक्ति पोखरीमा हामफाले । जो पछि खोज्न भनेर पोखरीमा हामफालेका थिए उ त्यहि डुबेर मरे भने अगाडी बेपत्ता भएको स-कुसल बाहिर आएका थिए । यहाँ पनि मर्ने बाबुआमाको एक मात्र छोरा थिए भने स-कुसल आउने २ दाजुभाइ थिए ।

यहाँका बासिन्दा यसलाई सुन्दरीमाईले भोग खाएको भन्छन भने प्रहरीहरु घुम्ने क्रममा होस नगर्ने हुनाले यस्तोखाले घट्ना हुने गरेको बताउछन । के साँच्चिकै यो सुन्दरीमाईले भोग खाएको हो त ? कि घुम्ने क्रममा होस नगरेर हो ?

यदि तपाईहरु पनि त्यहाँ घुम्न जाने योजनामा हुनुहुन्छ भने र बाबुआमाको एक मात्र छोरा हुन्हुन्छ भने त्यहाँ जानु भन्दा अगाडी बिचार पुर्याउनुहोस् ………….

यीनी हुन् अपहरण पछि हत्या गरिएका आठ वर्षीय बालक धिरज अधिकारी

by purbeli

बाबु सँगको जग्गा सम्बन्धि भएको विवादका कारण उनलाई अपहरण पछि हत्या गरिएको थियो ।

तेह्रथुम आङबुङ गाविसकी पार्वती दाहाल जन्मिदा तीन किलोग्रामकी थिइन् , जन्मिएपछि हुर्किदै जानुपर्नेमा दाहाल घट्दै गइन र अहिले उनी पाँच बर्षकी भइन् तर उँनको जम्मा तौल छ, ४५० ग्राम । दाहाल न हिडडुल गर्न सक्छिन् न त बोल्न नै, उनकि आमाका अनुसार पार्वतीले अरुले बोलेको कुरा चाही सबै बुझ्छीन रे, स्वस्थ जन्मिएकी दाहाल जन्मिएको केहि दिनदेखी नै सुक्दै गएको उनकि आमा बताउछिन ।

पार्वतिका बुबाका अनुसार, छोरी बढ्नुको साटो तौल घट्दै गएपछी घरमानै धामी झाक्री लगाइयो ,धामीका अनुसार जङगली बोक्सी लगेको भनेपछी उसकै सल्लाहामा कुखुरा काटी झारफुक गर्दा पनि नभएपछी डाक्टर कँहा लैजादा पनि डाक्टरले निको नहुने बताएपछी यि दुबै दम्पती अहिले निकै चिन्तामा डुबेका छन् । छोरीको औषधी उपचार खोज्दै बिराटनगर आइपुगेकी आमा देवकुमारीका अनुसार १९ दिनमै छोरीको तौल १ किलोग्राम बढेकोमा म निकै खुसी महसुस गर्दै छु ।

के तपाई पत्याउनु हुन्छ २४ वर्षको अल्लारे ठिटाले ८२ वर्षीया बृदा सँग बिहे गर्यो भन्दा? पत्याउनुहोस् या नपत्याउनुहोस् तर कुरा सत्य हो अलिक अविश्वनिय पनि यसरी विहे गर्ने दम्पत्ति जोडी हुन उत्तरी अर्जेन्टिनाका रिनाल्डो बैवेक्स एडेल्फा बोल्पेस सांता फे मा विवाह सम्पन्न भैसके पछि ५८ वर्ष कान्छो रिनाल्डो बैवेक्सले भनेमलाइ धेरै परिपक्क महिला मनपर्छउनि अगाडी थप्छन्मलाइ मान्छेहरुले के-के भन्छन् भन्ने कुराको कुनै पर्वाह छैन यी नव विवाहित दम्पत्ति हनिमुनको लागी ब्राजिलको रियो दि जनेरियो जाने तयारीमा जुटेका छन ।बेहुलीलाई यो विवाह आत्मिक हो कि शरीरिक हो भनेर प्रश्न गर्दा वेहुलीले हाँसेर भनिनयो भन्दा बढ्ता पनि केहि हुनेवाला कयौ वर्षको सम्बन्ध पछि यी दम्पत्तिले स्थानिय चर्चमा विवाह गरेका हुन देख्दा हजुर आमानाति लाग्ने यो जोडीको बिहेमा सयौ पत्रकारहरु नि उपस्थित थिए यी दुई बिच प्रेम त्यसबेला बसेको थियो जब बैवेक्सको उमेर १५ वर्षको थियो आफ्नी आमाको मृत्यु पछि उनि बिल्पेससँगै बस्न थाले उनको अनुसार उनि आफ्नी पत्नी बोल्पेसको जिन्दगीप्रतिको लालसाको प्रशंसक हुन् उनको लागी उनकी ८२ वर्षीया पत्नि नै सबैथोक हुन्

Next Page »

Follow

Get every new post delivered to your Inbox.