धेरै भो खोइ कुन्नि, सपनी पनि राम्रो देख्या छैन
दु:ख लाग्छ परदेशमा, सोच्या जस्तो भा छैन
याद आउछ एक्लीदा, तिमी संग दिन बिताको
आउन खोज्छु स्वदेश, भने जस्तो भा छैन
कस्तो कर्म लिई आए, गर्न केहि सक्या हैन
असफल यो जिवनमा, सफल कहिले भा छैन
दु:ख धेरै खेपियो, सुख कहिलै पा छैन,सुख कहिलै पा छैन
जलेको आत्मा ( रिक्त थापा मगर )
वसन्तको वहार सम्झन्थे माया
शिशीरको तुफान ल्याई दियौ किन?
संयोगान्त नै सम्झन्थे माया
वियोगान्तको नाटक रच्यौ किन?
महासागर पार गर्ने कसम खायौ माया
बिचैमा डुङ्गा पल्टायौ किन?
घाइते मुटु बोकेर नि बाचेको थिए
अ मृत भनि विष पिलायौ किन?
रोए आशु नझार हासे मुख नखोल
अन्तिम वचन मेरो अब एकशव्द पनि नबोल!!
तड्पीरहेको छु ( निरु सुनार )
तिम्रो निम्ति म धेरै रोएको छु
निर्दोष परेलीलाई आसुले धोएको छु
तिमीलाई दिने खुसी खोसिन खोज्दा
म पागल जस्तै भएको छु
मलाई बुझिदिने यहाँ कोहि छैन
तिमी सँग सहारा मागी तस्विर छोएको छु
मेरो पागलपनको यहाँ उपहास हुन्छ
तिम्रो प्रेम देखि म अछुतो हुन सकिन
त्यसैले प्रतिक्षामा तड्पीरहेको छु
कृपया मलाई बुझिदेउ
म धेरै तड्पीरहेको छु, धेरै तड्पीरहेको छु !!
एक्लोपन
शहरको कोलाहल माँझ
आँफ्नो अस्तित्व खोजिरहेछु
मनभित्रको आँखा अगाडी
आँफै अपमानित हुनुपर्दा
जिवन र मृत्युको दोसाँधमा अडिएर
जिवनलाई नै मैले रोजिरहेछु
निदाउछु सपनाहरु सिंगारेर
हाँस्छ फेरि अर्को एउटा दिन
मेरै उपहास गर्नलाई
विषाक्त पलहरु पिइ रहेछु
दुखान्तको कथाको पत्र बनि
मनभित्र एउटा अटल अठोट आत्मविश्वास
सुखद सागर तर्नलाई
के? नै छ र आँखिर जिवनको अध्यायभित्र
आँफै टकटकिएर बाँचिरहेछु
अन्धाकारमा चुनौती जुनकिरि हिंडे झै
भेटिन्छ कि कतै चिराग
त्यसैले यो जिवन हाँकीरहेछु !
………………………..कर्मराज ( राजु )
गाँह्रो भो
चोट लाग्यो मुटुमा दुखाई सहन गाँह्रो भो
छाँतीभरि पिर बोकी पाइला चाल्न गाँह्रो भो
आँखाभरी आँशु लिई दुनियाँ सामु हाँस्नु छ
मुटुभरि व्यथा लिई बाध्यतामा बाँच्नु छ
आँफ्नो जिवन आँफैलाई जिउन गाँह्रो भो
छाँतीभरि पिर बोकी पाईला चाल्न साह्रो भो


January 7, 2008 at 10:52 am
धन कमाउने उदेश्य बोकेर अर्काको चाकडी गर्नेलाई
देश, गाउ र परिवार बिर्सेंर बिदेस म पसिना बगाउनेलाई
आफ्नै देश मा केही गर
यही छ सल्लाह तिमीलाई
जे बी खड्का
January 7, 2008 at 10:54 am
धन कमाउने उदेश्य बोकेर अर्काको चाकडी गर्नेलाई
देश, गाउ र परिवार बिर्सेंर बिदेस मा पसिना बगाउनेलाई
आफ्नै देश मा केही गर
यही छ सल्लाह तिमीलाई
जे बी खड्का
March 6, 2008 at 4:33 pm
नराख कहिल्यै तिम्रा नयनमा, मेरा यादहरु,
तिम्रा साँगररुपी आँशुसगैं पखालिनेछन,
नपठाउ क्षितिजमा मेरा यादहरु,
क्षितिज भित्र मेरा यादहरु पुग्न सक्दैनन,
कहिल्यै पराई नसम्झ मेरा याद हरुलाई,
तिम्रो मुटुमा धडकिनेछन धडकन बनेर,
राख सधैं तिम्रा पोल्टाहरुमा,
सधैं रम्नेछन तिम्रो न्यानो साथहरुमा,
तिम्रा शरीरमा समाहित हुनेछन,
सधैं सधैं न्यानो स्पर्श बनेर,
राख सधैं मेरा यादहरु मुटुमा कसेर,
धड्किरहनेछु जन्म्-जन्म अमर याद बनेर।
June 4, 2009 at 3:30 pm
nice !