September 2007


सुन्दामा नि अचम्म लागेर आउछ । हुन त विश्वमा यस्ताखाले अचम्म-अचम्मका प्रतिसप्रधाहरु निकै नै हुने गर्दछ । यसै क्रममा यस्तै खाले प्रतिसप्रधा भएको छ फिनल्यान्डमा त्यो पनि हावामा गीतर बजाउने प्रतियोगिता । सँगीतको तालमा त्यसैगरी गीतार बजाएको हाउभाउमा प्रस्तुत गर्नुपर्ने सो प्रतियोगितामा जापानका ओची यो सुको बिजयी भएका थिए । एयर गीतार वल्ड च्याम्पियनसिप नाम दिइएको सो प्रतियोगिता उत्तरी फिनल्यान्डमा आयोजना गरिएको थियो । बिजेता योसुकाले ३,४०० अ्मेरीकि डलर पर्ने इलेक्ट्रीक गीतार पुरस्कार पाएका थिए ।

सन्सारमा जति मानिस आस्तिक छन त्यतिनै मानिस नास्तिक पनि । इश्वर छ भन्ने जमात जति भेटिन्छ त्यतिनै छैन भन्ने जमात नि भेटिन्छ । इश्वर छ र छैन भन्ने द्वन्दमा कहिले काही आफ्नै कानले सुनिने र आँखाले देखिने घट्नाले  इश्वर छैन भन्ने जमातलाई द्वविधामा पार्ने गरेको छ । अब हामी लागौ नेपालकै पश्चिमि पहाडी जिल्ला पाल्पा तर्फ :-यहाँ यस्तै खाले अपत्यारीलो घट्ना भएको छ जुन सत्य हो । पाल्पाको सतनचुली डाँडाँमा रहेको करिब ३ टनको ढुङ्गा ३ किलोमिटर तल रहेको देउराली गाँविस स्थित जोर्तेका स्थायी वासिन्दा दलविर रेस्मिको घरमा  आश्चार्यजनक रुपमा पुग्यो । त्यो ढुङ्गालाई कसैले नि बोकेर त्यहाँ पुर्याएको हैन । फेरि ३ टनको ढुङ्गालाई बोकेर त्यहाँसम्म  लैजाने हिम्मत कस्को होला र? त्यो ढुङ्गा आफैनै दलविरको घरभित्र पसेको थियो ।सो ढुङ्गा दलविरकोघरको सटरबाट भित्र छिरि तिन कोठा पर भित्ताको छेउमा राखे झैं गरेर अडिएको थियो । यहाँ सबैलाई चकित पारेको छ त्यो ढुङ्गाले जबकि ५० जनाले नि बोक्न नसक्ने सो ढुङ्गा कसरि त्यहाँ आयो? यति मत्रै हैन नागपञ्चमिको दिन सो ढुङ्गालाई नह ( सर्प ) आएर घुमेको सो घरमालिक बताउछन् । त्यहाँका स्थानीय वासिन्दा सो ढुङ्गालाई शिव देउता भन्दै पूजाआजा गर्न थालेका छन् ।दलविरको सो घर घर नभएर आजभोलि एउटा शिव मन्दिर सरह भएको छ ।

मोवाइ प्रयोगकर्ताहरुलाई अब ब्रेन क्यान्सरको खतरा बढेको छ। त्यसैले मोवाइ प्रयोगकर्ताहरु सावधान हुनुहोस् । व्रीटिसको वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानबाट लामो समयसम्म मोवाइल फोन प्रयोगकर्तामा व्रेन क्यान्सर हुने सम्भावना बढेको छ । साथै पाको मानिसहरुभन्दा बच्चाहरुमा मोवाइलको प्रयोगले खतरा झन बढाउने छ। वैज्ञानिकका अनुसार छोटो समयमा साधारण रोग भन्दा लामो समयको प्रयोगले खतरा उत्पन्न हुन्छ । यस अघि गरिएको विभिन्न अन्नुसन्धानकर्ता मध्ये केहिले मोवाइल फोनको प्रयोगले क्यान्सर हुन सक्ने बताएका थिए भने केहिले त्यस्ले शरिरमा ठुलो असर नगर्ने बताउदै आएका थिए । वैज्ञानिकहरुको ६ वर्षे  लामो अनुसन्धानबाट छोटो छोटोसमय मोवाइल प्रयोग गर्दा दिमागको कार्यगतिमा असर नगर्ने वा क्यान्सर नहुने पत्ता लागेको थियो । मोवाइल टेलिकम्युनिकेसन र हेल्थ रिसर्ज प्रोग्रामका अध्यक्ष तथा प्रोफेसरका अनुसार अधिकांश समय १० वर्ष भित्रमा क्यान्सरको लक्षण देखिने सम्भावना रहन्छ। प्रतिवेदन सार्वजानिक गर्ने क्रममा उनले भने ” अध्ययनमा बालबलिकाहरुको भने परिक्षण नगरिएको बताए। व्रीटिस वैज्ञानिकहरुले बालबालिकाहरुलाई रेडियो फ्रीक्वेन्सि फिल्डबाट टाढा राख्न समेत सल्लाह दिए । त्यस्तो रेडियो फ्रीक्वेन्सि मोवाइल र त्यस्तै अन्य उपकरणबाट उत्पन्न हुने गर्दछ। त्यस्तो फ्रीक्वेन्सिले पाका मानिसलाई भन्दा बालबालिकालाई बढि असर गर्ने सम्भावना हुन्छ । प्रोफेसरले बालबालिकालाई मोवाइल फोन प्रयोग गर्न नदिन अभिभावकलाई आग्रह समेत गरेका छन। विगत ६० वर्ष देखि विभिन्न देशको वैज्ञानिक रेडियो फ्रीक्वेन्सि फिल्डले मानिसको स्वास्थ्यमा पर्ने असर बारे अनुसन्धान गरिराखेको छ ।

सन्सारमा अचम्मको कुरा गरेर गिनिज बुक (Of world record )मा आफ्नो नाम लेखाउने चाहाना धेरै मा हुन्छ। यहाँ यस्तै चाहानाले अभिप्रेरित भएर भेनेजुयला सरकारले नै ठुलो भाँडोमा सुप पकाएर किर्तिमान राख्ने प्रयास गरेको छ । भेनेजुयलाको कारकास सहर स्थित ३९६० ग्यालेन “स्याङ्कोचो” सुप बनाएको दाँबी छ । यस अघि गिनिज बुकमा १४१३ ग्यालेन सुप बनाएको किर्तिमान दर्ता रहेको छ। गएको जुलाइमा मेक्सिकोमा किर्तिमानि सुप पकाएको थियो। भेनेजुयलामा बनाएको सो सुप ६० हजारदेखि ७० हजारमानिसलाई मज्जाले पुग्छ । कामदारहरुले सो सुप बनाउदा भर्याङ् राखेर पकाउने भाँडोको मुखसम्म पुग्नु परेको थियो । पछि उनिहरुले सरकार नियन्त्रीत बजारका मानिसलाई सो सुप बाँडेका थिए।

                      यसरी मनाए प्रसान्तको बिजय उत्सव

प्रसान्त तामाङ् इन्डिएन आइडल भएको खुसियाली मनाउदै दार्जिलिङ्को चौरस्तामा सोमबार भेला भएका सर्वसाधरण। बिजय उत्सवको रुपमा आयोजित समारोहमा राष्ट्रीय झन्डा सहित आएका सयौ नेपाली पनि सहभागी थिए । नेपालीको गौरवको रुपमा मनाएको समारोहमा नेपाल-भारत दुवै देशको झन्डा फरफराइयो । जो जहाँ भए पनि नेपालीपन टुट्न नहुने प्रतिबद्दता जनाइएको थियो ।

                          http://www.purbeli.wordpress.com/

                            प्रसान्तको भिडियो हेर्नुहोस्

         वनमान्छे

by purbeli

चिडियाखानामासाइभाङ्प्रजातिको वनमान्छे जोडीले जन्माएको शिशु हो। यो कालेकालीको नवजात छोराको ६ दिने तस्बिर हो जन्मेको दिन मानिसकै शिशुजस्तो देखिने वनमान्छेको जीउमा असारे धानझै रौ पो हुर्कदो रहेछ ।

by purbeli

प्रेम विवाह गरेकी नम्रता मुक्तान साढे तीन वर्षको छोरी काखमा च्याप्दै पतिसँग अंश लिएर सम्वन्ध विच्छेद गर्न अदालतको ढोका ढकढक्याउन पुगेकी छन छोरी जन्माएको निहुँमा पति सौतेनी सासुले पेटभरी खान नदिने यातना दिने गरेकोले उनि बाध्यवश अदालतको शरण लिन पुगेकी हुन् सम्वन्ध विच्छेदको प्रमुख कारण छोरीको जन्म वन्न पुगेको छ । पति र सौतेनी सासुको यातनावाट पीडित चुरियामाई-१ की १८ बषिर्या नम्रता अंश लिएर सम्वन्ध विच्छेदका लागि अदालतको निर्णय कुरेर वसेकी छिन । ६ बर्ष अघि कलिलो उमेरमा नै प्रेम विवाह गरेकी मुक्तानलाई पति र सौतेनी सासुले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेर गतवर्षको कार्तिकमा काखको छोरी सहित घरवाट निकालि दिएका थिए । ‘वुद्धि नपुगेर कलिलो उमेरमा नै खराब मानिससंग प्रेम विवाह गरिए छ,’नम्रताले आशु चुहाउदै भनिन, ‘अहिले नराम्रोसंग धोखा पाइयो । ‘

दुनियाँ कहाँ बाट कहाँ पुगिसकेको छ तर हाम्रो समाजलाई भने अझै पनि रुढीबाँदी कुविचारको विरामीले छोडेको छैन । आँखिर यो सबै कहिले सम्म……….??

सित्तैमा पाइने आगो पनि किन्नुपर्छ ? सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । बाराका डोम समुदाय आगो बेचेरै गुजारा चलाइरहेका छन् ।जताततै सित्तैमा पाइने आगो यहाँका चौधरी, थारू लगायत मधेसी समुदायमा चिता जलाउन डोम परिवारबाट किन्नै पर्ने हुन्छ त्यसमाथि महँगोमा किनबेच हुने भएकाले निम्न वर्गीय परिवारको राम्रै गुजारा चल्ने गरेको अन्तिम संस्कारका लागि आगो किन्नै पर्ने उनिहरुको मान्यता रहेकाले यहाँ पुस्तौंदेखि यो चलन चल्दै आएको बारा पर्साका अधिकांश गाविसका आदिवासीले आगो किन्ने गरेका छन् डोम समुदायले भने गाउँ छुट्टयाएर -आफ्नो भाग गरेका छन् बिर्ता चैनपुर दुई गाउँमा वर्षेनी १० देखि १५ चितालाई आगो बेच्ने गरिन्छ। गाउँमा कसैको मृत्यु भए आगो बेच्न घाटमा आउने खबर उनीहरूलाई दिइन्छ घाटमै गएर मृतकका परिवारको सामर्थ्य हेरेर मूल्य तोक्ने गरिन्छ मोलमोलाइका क्रममा धेरै पनि पाउन सकिन्छ, थोरैमा पनि चित्त बुझाउनुपर्ने हुन्छ ।एक मुठि आगोलाई पन्ध्र सय सम्म पर्छ तर सरदर पाँच सय रुपैयाँ चलनचल्ती ।निक्कै विपन्न परिवार भए दालचामलमा पनि चित्त बुझाउनु पर्दछ ।पहिले - पहिले आगो बेचेर जग्गाजमिन सुनचाँदी पनि पाइन्थ्यो तर अहिले मूल्य घट्दै गएको डोमबाट किनिएको आगोले चिता जलाए मृतकको आत्माले शान्ति पाउने विश्वास रहेकाले यो चलन बढेको उनिहरुको भनाई छ त्यसैले जतिसुकै मोल तोके पनि मिलाएर आगो किन्ने प्रचलन यहाँको समुदायमा अझै कायम नै छ । कान्तिपुर

                                                                

by purbeli

जमना कहाँ देखि कहाँ पुगिसक्यो फेसनको त झन कुरा नै नगरौ बाँङगीने देखि नाँङगीने सम्म भैसके तर यहाँ हेर्नुहोस् यिनिहरु न त बाँङगीएको नै छ न त नाँङगीएको नै छ यिनिहरुले दाह्री लामो बनाएर दाह्रीको फेसन निकालेका छन् ।

by purbeli

                                 अन्य तस्बिरहरु

by purbeli

by purbeliby purbeli

by purbeli

आफ्नो उचाइको कारण विश्वमा आफुलाई चिनाउन सफल वा भनौ गिनिज बुकमा नाम लेखाउन सफल विश्वकै सबै भन्दा अग्लो मानिस Bao Xishun  उस्तै विस्वकै सबै भन्दा सानो मानिस सँगको भेटघाटमा खिचिएको तस्विर हो यो ।   Bao Xishun उचाई ३.३६ मिटर छ त्यस्तै पुड्केको उचाई ७२ सेन्टिमिटर ( २.४ फिट ) मत्रै छ। लम्बुको श्रीमतिको उचाई र उमेर पनि उस्को भन्दा आधा छ ।

by purbeli

by purbeli

by purbeli