सन्सारमा जति मानिस आस्तिक छन त्यतिनै मानिस नास्तिक पनि । इश्वर छ भन्ने जमात जति भेटिन्छ त्यतिनै छैन भन्ने जमात नि भेटिन्छ । इश्वर छ र छैन भन्ने द्वन्दमा कहिले काही आफ्नै कानले सुनिने र आँखाले देखिने घट्नाले इश्वर छैन भन्ने जमातलाई द्वविधामा पार्ने गरेको छ । अब हामी लागौ नेपालकै पश्चिमि पहाडी जिल्ला पाल्पा तर्फ :-यहाँ यस्तै खाले अपत्यारीलो घट्ना भएको छ जुन सत्य हो । पाल्पाको सतनचुली डाँडाँमा रहेको करिब ३ टनको ढुङ्गा ३ किलोमिटर तल रहेको देउराली गाँविस स्थित जोर्तेका स्थायी वासिन्दा दलविर रेस्मिको घरमा आश्चार्यजनक रुपमा पुग्यो । त्यो ढुङ्गालाई कसैले नि बोकेर त्यहाँ पुर्याएको हैन । फेरि ३ टनको ढुङ्गालाई बोकेर त्यहाँसम्म लैजाने हिम्मत कस्को होला र? त्यो ढुङ्गा आफैनै दलविरको घरभित्र पसेको थियो ।सो ढुङ्गा दलविरकोघरको सटरबाट भित्र छिरि तिन कोठा पर भित्ताको छेउमा राखे झैं गरेर अडिएको थियो । यहाँ सबैलाई चकित पारेको छ त्यो ढुङ्गाले जबकि ५० जनाले नि बोक्न नसक्ने सो ढुङ्गा कसरि त्यहाँ आयो? यति मत्रै हैन नागपञ्चमिको दिन सो ढुङ्गालाई नह ( सर्प ) आएर घुमेको सो घरमालिक बताउछन् । त्यहाँका स्थानीय वासिन्दा सो ढुङ्गालाई शिव देउता भन्दै पूजाआजा गर्न थालेका छन् ।दलविरको सो घर घर नभएर आजभोलि एउटा शिव मन्दिर सरह भएको छ ।
September 27, 2007