साधारणतया भन्नु पर्दा शिशुको दाँत जन्मेको ६ या ७ महिनामा मात्रै पलाउने गर्दछ र हाम्रो नेपाली संस्कार अनुसार शिशुको दाँत पलाउनु भन्दा अगावै पास्नि गरिसक्नु पर्दछ । त्यसैले ६ महिनामै पास्नि गरिसक्नु बाबुआमा लागि पर्दछन् । तर यहाँ संखुवासभा जलजला गाविस – ७ नागीडाँडा स्थीत १७ वर्षकी फुर्बुटि शेर्पाले दाँत सहितको शिशुलाई जन्म दिएकी छिन् ।
स्थानीय सिंहेश्वरी मा.वि चुङ्खुरुङमा कक्षा ७ मा अध्ययन गर्छिन उनि । शिशुको तल्लो गिजाको दायाँपट्टीको दुधे दाँत र बायाँपट्टीको आधा दाँत पलाएको छ । जनवारको मात्रै जन्मदै दाँत निस्कन्छ तर मान्छेमा यसरी निस्केको दाँतलाई अचम्म नमानेर के मान्ने त ? तपाईहरुनै भन्नुहोस् ………
