के तपाइलाई थाहा छ नेपालको स्वास्थ्य सेवा विभागको ताल ? यदि थाहा छैन भने आउनुहोस् यो हाँसो लाग्दो घट्ना पढ्नुहोस् अनि व्यक्त गर्नुहोस् आफ्ना मनका कुरा । हुन त मान्छेलाई जागिरको सिलसिलामा कति ठाँउ र कति पटक सरुवा हुनुपर्छ स्वएम् लाई नै थाहा हुन्न । एकै मान्छेको एकै पटक दुई दुई ठाँउ सरुवा भएको त हामीले पक्कै पनि सुनेको नै छौ र यस्ता खाले घट्ना त स्वास्थ्य सेवा विभागलाई सामन्य लाग्न थालिसक्यो। तर अचम्मको कुरा के छ भने अब त हुँदा हुँदा स्वास्थ्य सेवा विभागले मरेको मान्छेलाई नि सरुवा गर्न भ्याइसके। स्वास्थ्य सेवा विभाग काठमाडौंले २०५८ सालमा मरेको मान्छेलाई २०६४ साल साउन ३१ को निर्णय अनुसार महोत्तरीको बथना गाविस – ६ निवासी दिपेन्द्र चौधरीलाई सरुवा पत्र पठाएको थियो । तर चौधरीको २०५८ फाल्गुन २८ गते महोत्तरीकै एकडारा स्वास्थ्य चौकीमा कार्यरत रहँदा नै मृत्यु भएको थियो ।
२०६४ को निर्णय अनुसार विभागले एकडारा स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत चौधरीलाई जिल्ला स्वास्थ्य कार्यलय मनाङमा सरुवा गरिएको पत्र पठाएको छ । चलानी नं २७७ को उक्त पत्र पढेर अहिले जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीका कर्मचारी आश्चर्यचकित भएका छन् । कर्मचारी मात्रै किन यो कुराले सबै नै चकित र हाँसेका छन । यसरी कछुवाको चालमा हिड्ने स्वास्थ्य सेवा विभागको गतिमा कहिले सुधार आउने होला ………………?