के तपाई पत्याउनु हुन्छ २४ वर्षको अल्लारे ठिटाले ८२ वर्षीया बृदा सँग बिहे गर्यो भन्दा? पत्याउनुहोस् या नपत्याउनुहोस् तर कुरा सत्य हो र अलिक अविश्वनिय पनि छ । यसरी विहे गर्ने दम्पत्ति जोडी हुन उत्तरी अर्जेन्टिनाका रिनाल्डो बैवेक्स र एडेल्फा बोल्पेस । सांता फे मा विवाह सम्पन्न भैसके पछि ५८ वर्ष कान्छो रिनाल्डो बैवेक्सले भने ” मलाइ धेरै परिपक्क महिला मनपर्छ ” उनि अगाडी थप्छन् ” मलाइ मान्छेहरुले के-के भन्छन् भन्ने कुराको कुनै पर्वाह छैन ।” यी नव विवाहित दम्पत्ति हनिमुनको लागी ब्राजिलको रियो दि जनेरियो जाने तयारीमा जुटेका छन ।
बेहुलीलाई यो विवाह आत्मिक हो कि शरीरिक हो भनेर प्रश्न गर्दा वेहुलीले हाँसेर भनिन ” यो भन्दा बढ्ता पनि केहि हुनेवाला छ । कयौ वर्षको सम्बन्ध पछि यी दम्पत्तिले स्थानिय चर्चमा विवाह गरेका हुन । देख्दा हजुर आमा – नाति लाग्ने यो जोडीको बिहेमा सयौ पत्रकारहरु नि उपस्थित थिए । यी दुई बिच प्रेम त्यसबेला बसेको थियो जब बैवेक्सको उमेर १५ वर्षको थियो र आफ्नी आमाको मृत्यु पछि उनि बिल्पेससँगै बस्न थाले । उनको अनुसार उनि आफ्नी पत्नी बोल्पेसको जिन्दगीप्रतिको लालसाको प्रशंसक हुन् र उनको लागी उनकी ८२ वर्षीया पत्नि नै सबैथोक हुन् ।
