December 2007


भेरी नदी किनारमा मेला हेर्न करिब पाँच सय र्सवसाधारणले खचाखच झोलुंगे पुल खस्दा कम्तीमा १५ को मृत्यु भएको थियो।

jholunge pool

    हालसम्ममा….

- कम्तीमा १५ को मृत्यु

- ७० भन्दा बढी बेपत्ता

- ६० जनाको उद्धार

- ३२ उपचाररत

- करिब ३ सय जना लठ्ठा समातेर निस्किए

साभार कान्तिपुर

मानिसले कपडा किन किन्छन् र किन लगाउछन् ? इज्जतको लागी वा आ-आफ्नै उत्तर होला । इङल्यान्डको साउथ वेल्स स्थित “स्टोर २१ ” ले एउटा यस्तो अनौठो र नयाँ योजानाले आफ्नो पसलको उद्घाटन गर्‍यो कि जहा सम्म मान्छेले कपडा किन किन्छन् र लगाउछन् भन्ने परिभाषालाई नै परिवर्तन गर्ने प्रयास गरेको थियो । पसलको उक्त उद्घाटन समारोहमा जो क्रेताले कम भन्दा कम कपडा लगाएर आफुलाई चाहिने कपडा किन्न आउछ उसको लागी विशेष पुरस्कारको व्यवस्था गरिएको थियो । आफुलाई जतिसक्दो निर्वस्त्र तुल्यायो पसलेले छुटको राशिमा वृदि गर्दै जान्थ्यो। यहि छुटको होडमा एक गर्भवति महिला पनि पेन्टि र ब्रा मा मात्रै देखा परिन्। उनलाई त झन ५० पाउन्ड छुट समेत मिल्यो । अब हामीले पनि कपडा किन्दा खेरी सोच्नु पर्ने भो कस्तो खाले कपडा किन्नु पर्ने हो ?

 के तपाई विवाहित हुनुहुन्छ ? वा विवाह नै गर्नु भएको छैन ? यदि तपाईले विवाह गर्नु भएको छ भने केटाले केटी र केटीले केटा कति जना हेर्नुभयो ? एक,दुई,तिन,वा सो भन्दा बढि ? हदै भए पाँच सात जना हेर्नु भयो होला। तर तपाईलाई थाहा छ ? सर्वियाकी मिलुन्का डाबोभिचले कति जना केटा हेरिन् ? उनले १५० जना केटा हेरेकी थिइन् । उनको विवाह गरिदिनको लागी उनका बाबुआमाले उनि १४ वर्ष लागे देखी केटा खोज्न शुरु गरेका थिए तर मिलुन्का २४ वर्ष पुग्दा पनि बाबुआमाले खोजेको केटालाई आफ्नो जिवनसाथि बनाउन सकिनन् । उनको रोजाई अनुसार अग्लो,आकर्षक र कामदारी चाहिएको रे । के उनले रोजे जस्तै केटा पाउलिन् त ?

के तपाई पत्याउनु हुन्छ वर्ष भरिमा ६ दिन मात्रै पढाई भएको भनेर ? अह! तपाईलाई अवश्य पनि पत्यार लाग्दैन। किन भने वर्ष भरिमा कम्तिमा पनि १९० वा २०० दिन त अवश्य पनि पढाइ हुन्छ सबै बिदाहरु कटाएर पनि। तर के गर्ने हाम्रो नेपालको स्कुलको हालत नै यस्तै छ। यसको मार खेपिरहेको छ खाम्जिङ गाउँका मानिसले। २०४६ सालम स्थापना भएको उक्त विद्यालय ( नेपाल राष्ट्रीय प्रावि ) मा यस वर्ष जम्माजम्मी ६ दिन मात्रै पढाइ भएको थियो। उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइहुन्छ र सो विधालयका शिक्षक शिक्षिकामा तोयनाथ न्यौपाने, श्रीमती भारती नेपाल र श्रीमती कमला गुरागाई छन। यहाँ ति शिक्षक शिक्षिकाको अनुहार देखिन्न। उनिहरु पढाउनको लागी हैन तलव लिने बेलामा मात्रै त्यहाँ पुग्छन। धन्य प्रभु! कमला मिसले ६ दिन भए पनि पढाउन भ्याइछे ।

शिक्षा जस्तो गतिशिल कुरामा यस्तो खाले लापार्वाही किन ? यस्तो खाले गम्भिर कुरामा सम्बन्धित निकायको नजर किन जाँदैन ? के यति मात्रै हो त ति गाउँलेहरुले पाउनु पर्ने शिक्षा ? ति विद्यार्थीहरुको जिवनमाथि यसरी लापार्वाही गर्नु पाइन्छ त ?

के तपाई पत्याउनु हुन्छ बिरालोको पनि पखेटा आउछ भन्दा ? तपाईलाई यो कुरा पचाउन निकै गाह्रो होला । किन भने यो हुन नै नसक्ने कुरा हो । तर यहि असम्भव र अपत्यारीलो कुरालाई साबित गरिदिएको छ चिनको हुआसाङ न्युजले ।

purbeli

एउटी चिनियाँ महिलाले आफुले पालेको बिरालोको प्वाँख र पखेटा उम्रीएको दाबी गरेकि छिन् । उक्त बिरालोको ढाडमा दुई वटा चार इन्च लामो पखेटा उम्रीएको छ । “शुरुमा त अलि ठूलै टुटुल्को पो उठ्यो कि क्याहो भनेर म चिन्तित भएकी थिएँ, तर त्यो टुटुल्को उभिएर एक महिनाभित्रमा नै पखेटा जस्तो पो भयो !” फेङले भनुन । बिरालोको पखेटा पलाउनुमा केही बिरालीहरुले उसमाथि यौन शोषण गरेकाले पनि हो कि भन्ने आशंका व्यक्त गरिन् । भनिन्- “यो पखेटा पलाउनुभन्दा एक महिनाअघि केही बिरालीहरुले दिउँसो चरम गर्मीमा उसलाई ज्यादै सताए । त्यसपछि नै उसको पखेटा पलाउन थालेको हो ।” तर जनावरमाथि अध्ययन गर्नेहरुले चाहिँ ‘जिन’मा हुने केही फेरबदलका कारण यस्तो समस्या उब्जिने गरेको बताएका छन् । अब बिरालोले आफ्नो सामान्य जीवन बिताउन गाह्रो हुने बताएका छन्