January 2008


 prema maa dhoka khaya pachhi

भनिन्छ, यो संसारमा प्रेम बिना केहि पनि छैन र कुनै पनि प्रणी प्रेमबाट पृथक पनि छैन । प्रेमको व्याख्या गर्नेहरु यसै भन्दै प्रेमको महिमा गाउँने गर्दछ । अनि त मान्छेहरु प्रेममा अन्धो र पागल हुने गर्दछ । हुन पनि किन नहोस त जिवनको अर्को पाटो भन्नु नै प्रेम हो जहा सम्म मेरो बुझाई छ । हामीले सुन्ने अनि देख्ने गरेका छौं मान्छेले प्रेममा धोका खाँए पछि घटाएका थुप्रै खाले घट्नाहरु । यसरी प्रेममा धोका खाएर यस्तो खाले घट्ना घटाउनेमा प्राय: गरेर केटि नै हुने गर्दछ । प्रेमि नै मेरो सबथोक हो उ भए मलाई अरु केहि पनि चाहिन्न अनि सोच्छन् संसारमा म जतिको भग्यमानी अरु कोहि पनि छैन किन भने मलाई जति माया गर्ने दुँनियामा कसैको प्रेमि छैन । यस्तै खाले मानसिक्ता भएकोहरुले अग्रीम रुपमा आँफ्नो सर्वस्व नै सुम्पिने गर्दछ । अनि आफ्नो सर्वस्व हरण भैंसके पश्चात उनिहरु निन्द्राबाट बिउझिए झैं बिउझन्छन् । अझ धोका दियो भने त झन के-के गर्छन थाहा नै हुन्न । यस्तै खाले घट्नाको एक पात्र बनेकि छिन रुपन्देहीकी कृष्णा थापा । आँफुलाई प्रेमको नाटक गरि अनैतिक व्यवहार समेत गरेको भन्दै रोकेर राखेको तिनवटा गाँडीमा तोडफोड गरेकि थिइन । स्वास्थ्य परिक्षणको लागी अस्पताल लगेपछि पनि बिक्षिप्त देखिने कृष्णाले उक्त अस्पतालको झ्याँल समेत तोडफोड गरेकि थिइन । यसरी न्याउरी मारी पछुतो गर्नु भन्दा त बरु पहिले नै सोचबिचार पुर्‍याएको भए आज उसले यो दिन त भोग्नु पर्ने थिएन ।

यो कुनै बनाओटी र काल्पनिक हैन यो हो सत्य घट्ना। तै पनि तपाईलाई पत्यार लाग्ला या नलाग्ला बाख्राको गर्भमा मान्छेको बच्चा भेटियो भन्दा तर पत्याउनुहोस् या नपत्याउनुहोस् वास्तवमा यो घट्ना सत्य नै हो । आउनुहोस् हेरौं कुन ठाउँमा घटेको रहेछ त यस्तो खाले घट्ना…………..

नेपालको पश्चिम जिल्लाको कालीकाटार गाविस १ देवीडाँडाको एक कृषकको बाख्राको गर्भमा मान्छेको बच्चा भेटिएको थियो । आफुले पालेको बाख्राले बच्चा जन्माउन नसके पछि मरेको उक्त बाख्राको मासु खानको लागी बाख्राको पेट चिर्दा पेटभित्र एउटा पाठो र अर्को मान्छेको बच्चा फेला परेको थियो । उक्त मानव शिशुको तौल ६ किलोग्राम थियो तर शिशुको पनि मृत्यु भैं’सकेको थियो ।   साभार