हुन त हामीले धेरै खाल्को समाचारहरु पढ्ने, सुन्ने अनि देख्ने गरेका छौ । कतिपय घट्ना अकल्पनिय र दर्दनाकमय पनि हुन्छ भने कतिपय हाँस्यात्मक पनि। त्यस्तै घट्ना यहाँ उदयपुरको त्रीयुगा स्थीत एक युवकले गरेको छ। कुखुराले अण्डा सानो पार्यो भनेर उनले आँफ्नै ३७ वर्षीय सहोदर भाउजुलाई रामधुलाई गरेछ । भाउजुलाई बोक्सीको आरोप लगाउदै र आँफ्नो कुखुरालाई पनि बोक्सी लागेर अण्डा सानो पारेको हो भनि उनले भाउजुलाई निल डाम हुने गरेर कुटेका थिए । हाल उनि मामाघर ( प्रहरी ) को मा सुरक्षित छ । के साँच्ची कै बोक्सी लागेर हो त उसको कुखुराले अण्डा सानो पारेको ?
बेदना
October 30, 2007
September 18, 2007
प्रेम विवाह गरेकी नम्रता मुक्तान साढे तीन वर्षको छोरी काखमा च्याप्दै पतिसँग अंश लिएर सम्वन्ध विच्छेद गर्न अदालतको ढोका ढकढक्याउन पुगेकी छन । छोरी जन्माएको निहुँमा पति र सौतेनी सासुले पेटभरी खान नदिने र यातना दिने गरेकोले उनि बाध्यवश अदालतको शरण लिन पुगेकी हुन् ।सम्वन्ध विच्छेदको प्रमुख कारण छोरीको जन्म वन्न पुगेको छ । पति र सौतेनी सासुको यातनावाट पीडित चुरियामाई-१ की १८ बषिर्या नम्रता अंश लिएर सम्वन्ध विच्छेदका लागि अदालतको निर्णय कुरेर वसेकी छिन । ६ बर्ष अघि कलिलो उमेरमा नै प्रेम विवाह गरेकी मुक्तानलाई पति र सौतेनी सासुले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेर गतवर्षको कार्तिकमा काखको छोरी सहित घरवाट निकालि दिएका थिए । ‘वुद्धि नपुगेर कलिलो उमेरमा नै खराब मानिससंग प्रेम विवाह गरिए छ,’नम्रताले आशु चुहाउदै भनिन, ‘अहिले नराम्रोसंग धोखा पाइयो । ‘
दुनियाँ कहाँ बाट कहाँ पुगिसकेको छ तर हाम्रो समाजलाई भने अझै पनि रुढीबाँदी कुविचारको विरामीले छोडेको छैन । आँखिर यो सबै कहिले सम्म……….??

