समाचार


के तपाई पत्याउनु हुन्छ वर्ष भरिमा ६ दिन मात्रै पढाई भएको भनेर ? अह! तपाईलाई अवश्य पनि पत्यार लाग्दैन। किन भने वर्ष भरिमा कम्तिमा पनि १९० वा २०० दिन त अवश्य पनि पढाइ हुन्छ सबै बिदाहरु कटाएर पनि। तर के गर्ने हाम्रो नेपालको स्कुलको हालत नै यस्तै छ। यसको मार खेपिरहेको छ खाम्जिङ गाउँका मानिसले। २०४६ सालम स्थापना भएको उक्त विद्यालय ( नेपाल राष्ट्रीय प्रावि ) मा यस वर्ष जम्माजम्मी ६ दिन मात्रै पढाइ भएको थियो। उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइहुन्छ र सो विधालयका शिक्षक शिक्षिकामा तोयनाथ न्यौपाने, श्रीमती भारती नेपाल र श्रीमती कमला गुरागाई छन। यहाँ ति शिक्षक शिक्षिकाको अनुहार देखिन्न। उनिहरु पढाउनको लागी हैन तलव लिने बेलामा मात्रै त्यहाँ पुग्छन। धन्य प्रभु! कमला मिसले ६ दिन भए पनि पढाउन भ्याइछे ।

शिक्षा जस्तो गतिशिल कुरामा यस्तो खाले लापार्वाही किन ? यस्तो खाले गम्भिर कुरामा सम्बन्धित निकायको नजर किन जाँदैन ? के यति मात्रै हो त ति गाउँलेहरुले पाउनु पर्ने शिक्षा ? ति विद्यार्थीहरुको जिवनमाथि यसरी लापार्वाही गर्नु पाइन्छ त ?

तपाइलाई सुन्दा अचम्म लाग्छ होला यो पोखरीको बारेमा भन्दा तर अचम्म मान्नु पर्दैन किन भने यो पोखरीको बानी नै यस्तै छ । यस्ले प्रत्येक वर्ष एक न एक जना मान्छे खाने गर्दछ त्यो पनि एक्लो छोरो भएको मात्रै । यो मान्छे खाने पोखरी रहेको छ सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिरमुनी । यसैको अन्तिम शिकार बनेको छ नोबेल कलेजमा कक्षा १२ मा अध्ययनरत काठमाडौं मुलपानीका रोसन केसी । उनि गत भदौ २ गते सुन्दरीजल घुम्न गएका थिए र सोही  क्रममा पोखरी माथिको ढुंगामा बसेर तस्वीर खिच्न लाग्दा लाग्दै खसेर बेपत्त भएका थिए । उनको लास पनि फेला परिसक्यो । यहाँ प्राय गरेर फागुन देखि कात्तिक सम्ममा मानिस बेपत्ता हुने गरेको छ । यो भन्दा अगाडी २०६३ फागुनमा १७ वर्षको शम्भु श्रेष्टको पनि यसै पोखरीमा डुबेर मृत्यु भएको थियो । त्यस्तै २०६३ असारमा एक कर्मचारीको छोरा डुबेर बेपत्ता भएका थिए । उनि पनि एक मात्र छोरा थिए । एक पटक ३/४ युवाहरु यहाँ घुम्न आएका थिए र ति मध्ये एक जना बेपत्ता भए पछि उसलाई खोज्न भनेर अर्को ब्यक्ति पोखरीमा हामफाले । जो पछि खोज्न भनेर पोखरीमा हामफालेका थिए उ त्यहि डुबेर मरे भने अगाडी बेपत्ता भएको स-कुसल बाहिर आएका थिए । यहाँ पनि मर्ने बाबुआमाको एक मात्र छोरा थिए भने स-कुसल आउने २ दाजुभाइ थिए ।

यहाँका बासिन्दा यसलाई सुन्दरीमाईले भोग खाएको भन्छन भने प्रहरीहरु घुम्ने क्रममा होस नगर्ने हुनाले यस्तोखाले घट्ना हुने गरेको बताउछन । के साँच्चिकै यो सुन्दरीमाईले भोग खाएको हो त ? कि घुम्ने क्रममा होस नगरेर हो ?

यदि तपाईहरु पनि त्यहाँ घुम्न जाने योजनामा हुनुहुन्छ भने र बाबुआमाको एक मात्र छोरा हुन्हुन्छ भने त्यहाँ जानु भन्दा अगाडी बिचार पुर्याउनुहोस् ………….

यीनी हुन् अपहरण पछि हत्या गरिएका आठ वर्षीय बालक धिरज अधिकारी

by purbeli

बाबु सँगको जग्गा सम्बन्धि भएको विवादका कारण उनलाई अपहरण पछि हत्या गरिएको थियो ।

तेह्रथुम आङबुङ गाविसकी पार्वती दाहाल जन्मिदा तीन किलोग्रामकी थिइन् , जन्मिएपछि हुर्किदै जानुपर्नेमा दाहाल घट्दै गइन र अहिले उनी पाँच बर्षकी भइन् तर उँनको जम्मा तौल छ, ४५० ग्राम । दाहाल न हिडडुल गर्न सक्छिन् न त बोल्न नै, उनकि आमाका अनुसार पार्वतीले अरुले बोलेको कुरा चाही सबै बुझ्छीन रे, स्वस्थ जन्मिएकी दाहाल जन्मिएको केहि दिनदेखी नै सुक्दै गएको उनकि आमा बताउछिन ।

पार्वतिका बुबाका अनुसार, छोरी बढ्नुको साटो तौल घट्दै गएपछी घरमानै धामी झाक्री लगाइयो ,धामीका अनुसार जङगली बोक्सी लगेको भनेपछी उसकै सल्लाहामा कुखुरा काटी झारफुक गर्दा पनि नभएपछी डाक्टर कँहा लैजादा पनि डाक्टरले निको नहुने बताएपछी यि दुबै दम्पती अहिले निकै चिन्तामा डुबेका छन् । छोरीको औषधी उपचार खोज्दै बिराटनगर आइपुगेकी आमा देवकुमारीका अनुसार १९ दिनमै छोरीको तौल १ किलोग्राम बढेकोमा म निकै खुसी महसुस गर्दै छु ।

के तपाई पत्याउनु हुन्छ २४ वर्षको अल्लारे ठिटाले ८२ वर्षीया बृदा सँग बिहे गर्यो भन्दा? पत्याउनुहोस् या नपत्याउनुहोस् तर कुरा सत्य हो अलिक अविश्वनिय पनि यसरी विहे गर्ने दम्पत्ति जोडी हुन उत्तरी अर्जेन्टिनाका रिनाल्डो बैवेक्स एडेल्फा बोल्पेस सांता फे मा विवाह सम्पन्न भैसके पछि ५८ वर्ष कान्छो रिनाल्डो बैवेक्सले भनेमलाइ धेरै परिपक्क महिला मनपर्छउनि अगाडी थप्छन्मलाइ मान्छेहरुले के-के भन्छन् भन्ने कुराको कुनै पर्वाह छैन यी नव विवाहित दम्पत्ति हनिमुनको लागी ब्राजिलको रियो दि जनेरियो जाने तयारीमा जुटेका छन

 http://www.purbeli.wordpress.com.http://www.purbeli.wordpress.com/

बेहुलीलाई यो विवाह आत्मिक हो कि शरीरिक हो भनेर प्रश्न गर्दा वेहुलीले हाँसेर भनिनयो भन्दा बढ्ता पनि केहि हुनेवाला कयौ वर्षको सम्बन्ध पछि यी दम्पत्तिले स्थानिय चर्चमा विवाह गरेका हुन देख्दा हजुर आमानाति लाग्ने यो जोडीको बिहेमा सयौ पत्रकारहरु नि उपस्थित थिए यी दुई बिच प्रेम त्यसबेला बसेको थियो जब बैवेक्सको उमेर १५ वर्षको थियो आफ्नी आमाको मृत्यु पछि उनि बिल्पेससँगै बस्न थाले उनको अनुसार उनि आफ्नी पत्नी बोल्पेसको जिन्दगीप्रतिको लालसाको प्रशंसक हुन् उनको लागी उनकी ८२ वर्षीया पत्नि नै सबैथोक हुन्

के तपाइलाई थाहा नेपालको स्वास्थ्य सेवा विभागको ताल ? यदि थाहा छैन भने आउनुहोस् यो हाँसो लाग्दो घट्ना पढ्नुहोस् अनि व्यक्त गर्नुहोस् आफ्ना मनका कुरा हुन मान्छेलाई जागिरको सिलसिलामा कति ठाँउ कति पटक सरुवा हुनुपर्छ स्वएम् लाई नै थाहा हुन्न एकै मान्छेको एकै पटक दुई दुई ठाँउ सरुवा भएको हामीले पक्कै पनि सुनेको नै छौ यस्ता खाले घट्ना स्वास्थ्य सेवा विभागलाई सामन्य लाग्न थालिसक्यो। तर अचम्मको कुरा के भने अब हुँदा हुँदा स्वास्थ्य सेवा विभागले मरेको मान्छेलाई नि सरुवा गर्न भ्याइसके। स्वास्थ्य सेवा विभाग काठमाडौंले २०५८ सालमा मरेको मान्छेलाई २०६४ साल साउन ३१ को निर्णय अनुसार महोत्तरीको बथना गाविस निवासी दिपेन्द्र चौधरीलाई सरुवा पत्र पठाएको थियो तर चौधरीको २०५८ फाल्गुन २८ गते महोत्तरीकै एकडारा स्वास्थ्य चौकीमा कार्यरत रहँदा नै मृत्यु भएको थियो

  

२०६४ को निर्णय अनुसार विभागले एकडारा स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत चौधरीलाई जिल्ला स्वास्थ्य कार्यलय मनाङमा सरुवा गरिएको पत्र पठाएको चलानी नं २७७ को उक्त पत्र पढेर अहिले जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीका कर्मचारी आश्चर्यचकित भएका छन् कर्मचारी मात्रै किन यो कुराले सबै नै चकित हाँसेका छन यसरी कछुवाको चालमा हिड्ने स्वास्थ्य सेवा विभागको गतिमा कहिले सुधार आउने होला ………………? 

साधारणतया भन्नु पर्दा शिशुको दाँत जन्मेको या महिनामा मात्रै पलाउने गर्दछ हाम्रो नेपाली संस्कार अनुसार शिशुको दाँत पलाउनु भन्दा अगावै पास्नि गरिसक्नु पर्दछ त्यसैले महिनामै पास्नि गरिसक्नु बाबुआमा लागि पर्दछन् तर यहाँ संखुवासभा जलजला गाविस नागीडाँडा स्थीत १७ वर्षकी फुर्बुटि शेर्पाले दाँत सहितको शिशुलाई जन्म दिएकी छिन्

 

स्थानीय सिंहेश्वरी मा.वि चुङ्खुरुङमा कक्षा मा अध्ययन गर्छिन उनि शिशुको तल्लो गिजाको दायाँपट्टीको दुधे दाँत बायाँपट्टीको आधा दाँत पलाएको जनवारको मात्रै जन्मदै दाँत निस्कन्छ तर मान्छेमा यसरी निस्केको दाँतलाई अचम्म नमानेर के मान्ने ? तपाईहरुनै भन्नुहोस् ………

सुन्दामा नि अचम्म लागेर आउछ । हुन त विश्वमा यस्ताखाले अचम्म-अचम्मका प्रतिसप्रधाहरु निकै नै हुने गर्दछ । यसै क्रममा यस्तै खाले प्रतिसप्रधा भएको छ फिनल्यान्डमा त्यो पनि हावामा गीतर बजाउने प्रतियोगिता । सँगीतको तालमा त्यसैगरी गीतार बजाएको हाउभाउमा प्रस्तुत गर्नुपर्ने सो प्रतियोगितामा जापानका ओची यो सुको बिजयी भएका थिए । एयर गीतार वल्ड च्याम्पियनसिप नाम दिइएको सो प्रतियोगिता उत्तरी फिनल्यान्डमा आयोजना गरिएको थियो । बिजेता योसुकाले ३,४०० अ्मेरीकि डलर पर्ने इलेक्ट्रीक गीतार पुरस्कार पाएका थिए ।

सन्सारमा जति मानिस आस्तिक छन त्यतिनै मानिस नास्तिक पनि । इश्वर छ भन्ने जमात जति भेटिन्छ त्यतिनै छैन भन्ने जमात नि भेटिन्छ । इश्वर छ र छैन भन्ने द्वन्दमा कहिले काही आफ्नै कानले सुनिने र आँखाले देखिने घट्नाले  इश्वर छैन भन्ने जमातलाई द्वविधामा पार्ने गरेको छ । अब हामी लागौ नेपालकै पश्चिमि पहाडी जिल्ला पाल्पा तर्फ :-यहाँ यस्तै खाले अपत्यारीलो घट्ना भएको छ जुन सत्य हो । पाल्पाको सतनचुली डाँडाँमा रहेको करिब ३ टनको ढुङ्गा ३ किलोमिटर तल रहेको देउराली गाँविस स्थित जोर्तेका स्थायी वासिन्दा दलविर रेस्मिको घरमा  आश्चार्यजनक रुपमा पुग्यो । त्यो ढुङ्गालाई कसैले नि बोकेर त्यहाँ पुर्याएको हैन । फेरि ३ टनको ढुङ्गालाई बोकेर त्यहाँसम्म  लैजाने हिम्मत कस्को होला र? त्यो ढुङ्गा आफैनै दलविरको घरभित्र पसेको थियो ।सो ढुङ्गा दलविरकोघरको सटरबाट भित्र छिरि तिन कोठा पर भित्ताको छेउमा राखे झैं गरेर अडिएको थियो । यहाँ सबैलाई चकित पारेको छ त्यो ढुङ्गाले जबकि ५० जनाले नि बोक्न नसक्ने सो ढुङ्गा कसरि त्यहाँ आयो? यति मत्रै हैन नागपञ्चमिको दिन सो ढुङ्गालाई नह ( सर्प ) आएर घुमेको सो घरमालिक बताउछन् । त्यहाँका स्थानीय वासिन्दा सो ढुङ्गालाई शिव देउता भन्दै पूजाआजा गर्न थालेका छन् ।दलविरको सो घर घर नभएर आजभोलि एउटा शिव मन्दिर सरह भएको छ ।

सन्सारमा अचम्मको कुरा गरेर गिनिज बुक (Of world record )मा आफ्नो नाम लेखाउने चाहाना धेरै मा हुन्छ। यहाँ यस्तै चाहानाले अभिप्रेरित भएर भेनेजुयला सरकारले नै ठुलो भाँडोमा सुप पकाएर किर्तिमान राख्ने प्रयास गरेको छ । भेनेजुयलाको कारकास सहर स्थित ३९६० ग्यालेन “स्याङ्कोचो” सुप बनाएको दाँबी छ । यस अघि गिनिज बुकमा १४१३ ग्यालेन सुप बनाएको किर्तिमान दर्ता रहेको छ। गएको जुलाइमा मेक्सिकोमा किर्तिमानि सुप पकाएको थियो। भेनेजुयलामा बनाएको सो सुप ६० हजारदेखि ७० हजारमानिसलाई मज्जाले पुग्छ । कामदारहरुले सो सुप बनाउदा भर्याङ् राखेर पकाउने भाँडोको मुखसम्म पुग्नु परेको थियो । पछि उनिहरुले सरकार नियन्त्रीत बजारका मानिसलाई सो सुप बाँडेका थिए।

प्रेम विवाह गरेकी नम्रता मुक्तान साढे तीन वर्षको छोरी काखमा च्याप्दै पतिसँग अंश लिएर सम्वन्ध विच्छेद गर्न अदालतको ढोका ढकढक्याउन पुगेकी छन छोरी जन्माएको निहुँमा पति सौतेनी सासुले पेटभरी खान नदिने यातना दिने गरेकोले उनि बाध्यवश अदालतको शरण लिन पुगेकी हुन् सम्वन्ध विच्छेदको प्रमुख कारण छोरीको जन्म वन्न पुगेको छ । पति र सौतेनी सासुको यातनावाट पीडित चुरियामाई-१ की १८ बषिर्या नम्रता अंश लिएर सम्वन्ध विच्छेदका लागि अदालतको निर्णय कुरेर वसेकी छिन । ६ बर्ष अघि कलिलो उमेरमा नै प्रेम विवाह गरेकी मुक्तानलाई पति र सौतेनी सासुले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेर गतवर्षको कार्तिकमा काखको छोरी सहित घरवाट निकालि दिएका थिए । ‘वुद्धि नपुगेर कलिलो उमेरमा नै खराब मानिससंग प्रेम विवाह गरिए छ,’नम्रताले आशु चुहाउदै भनिन, ‘अहिले नराम्रोसंग धोखा पाइयो । ‘

दुनियाँ कहाँ बाट कहाँ पुगिसकेको छ तर हाम्रो समाजलाई भने अझै पनि रुढीबाँदी कुविचारको विरामीले छोडेको छैन । आँखिर यो सबै कहिले सम्म……….??

सित्तैमा पाइने आगो पनि किन्नुपर्छ ? सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । बाराका डोम समुदाय आगो बेचेरै गुजारा चलाइरहेका छन् ।जताततै सित्तैमा पाइने आगो यहाँका चौधरी, थारू लगायत मधेसी समुदायमा चिता जलाउन डोम परिवारबाट किन्नै पर्ने हुन्छ त्यसमाथि महँगोमा किनबेच हुने भएकाले निम्न वर्गीय परिवारको राम्रै गुजारा चल्ने गरेको अन्तिम संस्कारका लागि आगो किन्नै पर्ने उनिहरुको मान्यता रहेकाले यहाँ पुस्तौंदेखि यो चलन चल्दै आएको बारा पर्साका अधिकांश गाविसका आदिवासीले आगो किन्ने गरेका छन् डोम समुदायले भने गाउँ छुट्टयाएर -आफ्नो भाग गरेका छन् बिर्ता चैनपुर दुई गाउँमा वर्षेनी १० देखि १५ चितालाई आगो बेच्ने गरिन्छ। गाउँमा कसैको मृत्यु भए आगो बेच्न घाटमा आउने खबर उनीहरूलाई दिइन्छ घाटमै गएर मृतकका परिवारको सामर्थ्य हेरेर मूल्य तोक्ने गरिन्छ मोलमोलाइका क्रममा धेरै पनि पाउन सकिन्छ, थोरैमा पनि चित्त बुझाउनुपर्ने हुन्छ ।एक मुठि आगोलाई पन्ध्र सय सम्म पर्छ तर सरदर पाँच सय रुपैयाँ चलनचल्ती ।निक्कै विपन्न परिवार भए दालचामलमा पनि चित्त बुझाउनु पर्दछ ।पहिले - पहिले आगो बेचेर जग्गाजमिन सुनचाँदी पनि पाइन्थ्यो तर अहिले मूल्य घट्दै गएको डोमबाट किनिएको आगोले चिता जलाए मृतकको आत्माले शान्ति पाउने विश्वास रहेकाले यो चलन बढेको उनिहरुको भनाई छ त्यसैले जतिसुकै मोल तोके पनि मिलाएर आगो किन्ने प्रचलन यहाँको समुदायमा अझै कायम नै छ । कान्तिपुर

                                                                

काभ्रेको सिसाखानी निवासी कञ्चन लामा र भक्तपुर निवासी ज्योति श्रेष्ठले सोमबार पनौतीमा जनवादी विवाह गरेका छन् । विवाहका नाममा लखौँ रुपियाँ खर्च गर्ने आधुनिक समाजलाई चुनौती दिँदै उनीहरूले एक कार्यक्रमका बीच एक मिनेटमा माला र टीका एकअर्कालाई लगाएर विवाह गरेका हुन्। योङ कम्युनिस्ट लिग काभ्रेको जिल्ला समिति सदस्य रहेका दुवैजनाको विगत तीनरचार वर्षेखि प्रेमसम्बन्ध रहेको थियो । कञ्चन २२ वर्षर ज्योति २० वर्षा छन् ।

 दुवैजनाले एउटा मैनबत्ती सल्काएर एकअर्कालाई माला र टीका लगाइदिए । विवाह एक मिनेटमा नै सम्पन्न भयो । त्यसपछि हलमा उपस्थित सबैले ताली पड्काएर दुवैलाई शुभकामना दिए । विवाहमा मैनबत्ती र माला किन्नका लागि पचास रुपियाँ मात्र खर्च गरेका थिए । दुवैजनाले विवाहको लागि योङ कम्युनिस्ट लिगको कार्यालयमा निवेदन दिएको र पार्टी विवाहका लागि स्वीकृति प्रदान गरेपछि सोमबार विवाह गरेको लिगका जिल्ला कोषाध्यक्ष जय तामाङले जानकारी दिनुभयो ।

 विवाहमा उनीहरूले कुनै औपचारिक पोसाक लगाएका थिएनन् भने विवाहमा बिहेभोजको पनि व्यवस्था गरिएको थिएन । विवाहित दुवैजनालाई माओवादीका जिल्ला सेक्रेटरी अल्कलबहादुर थिङ र योङ कम्युनिस्ट लिग काभ्रेका अध्यक्ष मीनबहादुर तामाङले शुभकामना दिनुभएको थियो ।