सित्तैमा पाइने आगो पनि किन्नुपर्छ ? सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । बाराका डोम समुदाय आगो बेचेरै गुजारा चलाइरहेका छन् ।जताततै सित्तैमा पाइने आगो यहाँका चौधरी, थारू लगायत मधेसी समुदायमा चिता जलाउन डोम परिवारबाट किन्नै पर्ने हुन्छ त्यसमाथि महँगोमा किनबेच हुने भएकाले निम्न वर्गीय परिवारको राम्रै गुजारा चल्ने गरेको अन्तिम संस्कारका लागि आगो किन्नै पर्ने उनिहरुको मान्यता रहेकाले यहाँ पुस्तौंदेखि यो चलन चल्दै आएको बारा पर्साका अधिकांश गाविसका आदिवासीले आगो किन्ने गरेका छन् डोम समुदायले भने गाउँ छुट्टयाएर आफ्नो भाग गरेका छन् बिर्ता चैनपुर दुई गाउँमा वर्षेनी १० देखि १५ चितालाई आगो बेच्ने गरिन्छ। गाउँमा कसैको मृत्यु भए आगो बेच्न घाटमा आउने खबर उनीहरूलाई दिइन्छ घाटमै गएर मृतकका परिवारको सामर्थ्य हेरेर मूल्य तोक्ने गरिन्छ मोलमोलाइका क्रममा धेरै पनि पाउन सकिन्छ, थोरैमा पनि चित्त बुझाउनुपर्ने हुन्छ ।एक मुठि आगोलाई पन्ध्र सय सम्म पर्छ तर सरदर पाँच सय रुपैयाँ चलनचल्ती ।निक्कै विपन्न परिवार भए दालचामलमा पनि चित्त बुझाउनु पर्दछ ।पहिले पहिले आगो बेचेर जग्गाजमिन सुनचाँदी पनि पाइन्थ्यो तर अहिले मूल्य घट्दै गएको डोमबाट किनिएको आगोले चिता जलाए मृतकको आत्माले शान्ति पाउने विश्वास रहेकाले यो चलन बढेको उनिहरुको भनाई छ त्यसैले जतिसुकै मोल तोके पनि मिलाएर आगो किन्ने प्रचलन यहाँको समुदायमा अझै कायम नै छ । कान्तिपुर